अमेरिकामा रहेको क्रिकेट टोलीलाई टेलिफोनमार्फत राष्ट्रपति पौडेलको शुभकामना

अमेरिकामा रहेको क्रिकेट टोलीलाई टेलिफोनमार्फत राष्ट्रपति पौडेलको शुभकामना

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई राष्ट्रपति रामचन्द्र पौडेल शुभकामना दिएका छन्।

राष्ट्रपति पौडेलले उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका हुन्। राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन्।

राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको नीजि सचिवालयले जनाएको छ। उनले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भएपनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन्।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाललेपनि विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि मंगलबार एक वक्तव्य जारी गर्दै नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका थिए।

Logo