काठमाडौं
खोप कार्यक्रम अन्तर्गत सरकारले यो वर्ष १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । तर अझै पनि हजारौं बालबालिका खोपबाट वञ्चित भएका छन् ।
स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणको पछिल्लो प्रतिवेदन अनुसार विभिन्न प्रकृतिका रोगविरुद्ध अझै २२ प्रतिशत बालबालिकाले खोप लगाउन पाएका छैनन् । सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरेको बताउँदै आए पनि विशेषगरी ग्रामीण क्षेत्रका बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको अवस्था छ ।
हाल स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाबाट ११ प्रकृतिका खोप १६ हजार खोप केन्द्रबाट उपलब्ध गराउँदै आएको छ । जनचेतनाको अभावका कारण ग्रामीण क्षेत्रका बालबालिका खोपबाट वञ्चित हुनु परेको छ भने अर्कोतिर खोप कार्यक्रमबारे जानकारी नहुँदा इँटा भट्टामा काम गर्ने अभिभावकका बालबालिका खोप लगाउनबाट वञ्चित हुनु परेको छ ।
खोप कार्यक्रम अन्तर्गत मुलुकका ५६ हजार ७ सय बालबालिकाले यो वर्ष क्षेयरोगविरुद्धको खोप ‘बीसीजी’ लगाउन पाएका छैनन् । त्यस्तै ६९ हजार ३ सय बालबालिकाले भ्यागुते रोग, लहरेखोकी, धनुषटंकार रोगविरुद्धको खोप पेन्टा (डीपीटी, इन्फुलन्जा, हेपाटाइटीस बी) खोप लगाउन पाएका छैनन् ।
परिवार स्वास्थ्य महाशाखा अन्तर्गत खोप शाखाका अनुसार ६९ हजार ३ सय बालबालिकाले पक्षघातविरुद्ध पोलियो खान पाएका छैनन् भने एफआईपीभी खोप लगाउन पाएका छैनन् । यसैगरी ७५ हजार ६ सय बालबालिका निमोनियाविरुद्ध पीसीभी खोप लगाउनबाट वञ्चित हुनुपरेको छ भने ७५ हजार ६ सय बालबालिका मस्तिष्क सुजन (इन्सेफलाइटिस) विरुद्ध जेई खोप लगाउनबाट वञ्चित भएका छन् ।
राजधानीबाट





























प्रतिक्रिया