पोर्न फिल्मका सिडी नष्ट गरिदिएको भन्दै बाबुआमाविरुद्ध मुद्दा

पोर्न फिल्मका सिडी नष्ट गरिदिएको भन्दै बाबुआमाविरुद्ध मुद्दा

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । अमेरिकामा एक पुरुषले आफ्नै आमाबाबुविरुद्द मुद्दा हालेका छन् । पोर्न फिल्मका सीडी तथा अन्य अश्लील सामग्रीहरु भएका पत्रिकालगायतका ठूलो परिमाणका सामाग्रीहरु नष्ट गरिदिएको भन्दै उनले आफ्नै बुवा–आमाविरुद्ध मुद्दा हालेका हुन् ।

उनका सीडी तथा पत्रिकाहरु यति धेरै रहेछन् कि ती सबैको मूल्य झण्डै २९ हजार डलर पर्ने दाबी उनको छ । मिचिगनस्थित संघीय अदालतमा ती व्यक्तिले मुद्दा हालेका छन् ।

सन् २०१६ मा ती व्यक्ति डिभोर्सपछि आफ्नो परिवारसँग छुट्टिएर बसेका थिए । उनी घर सरेको १० महिनापछि उनका अभिभावकहरुले उनका सरसामानहरु उनको नयाँ घरमा पठाइदिएका थिए । तर सबै सामान पठाइदिएपछि उनले थुपारेका १२ बाक्सा पोर्न सामाग्रीहरु भने बुवा आमाले पठाइदिएनन् । ती पोर्न सामाग्रीहरु आफूहरुले नष्ट गरिदिएको उनका अभिभावकहरुले स्वीकारेका छन् ।

अदालतमा दायर गरेको मुद्दामा उनले आफ्ना पोर्न सामग्रीहरु नष्ट गरिदिएकोमा आफ्ना अभिभावकहरुसँगबाट ८७ हजर डलर क्षतिपूर्ति माग गरेका छन् ।

Logo