काठमाडौं
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशभरका हडपिएका सबै सरकारी जग्गा फिर्ता गरिने बताएकी छिन् ।
मन्त्री अर्यालले सरकारी जग्गा हडप्ने जो सुकैमाथि पनि आवश्यक कारबाही गरिने बताइन् । आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री अर्यालले सरकारले नीति तथा कार्यक्रममार्फत नै अतिक्रमणमा परेका सबै सरकारी जग्गा फिर्ता गर्ने घोषणा गरेकाले त्यसलाई पूरा गराएरै छोड्ने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्री अर्यालले भूमाफियाको जालो तोड्ने काम चुनौतीपूर्ण भए पनि सबै प्रकारका चुनौतीलाई चिर्दै सरकार सशक्त रूपमा अघि बढ्ने बताइन् । सञ्चारकर्मीको जिज्ञासामा मन्त्री अर्यालले सरकारी जग्गा बिक्री वितरण गर्नेहरु माथि सरकार कठोर रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री अर्यालले आफू मालपोत र नापी कार्यालयमा हुने सबै प्रकारका अनियमितता अन्त्य गर्ने गरी विशेष योजनासाथ अघि बढिरहेको जानकारी दिइन् ।





























प्रतिक्रिया