धनगढी । लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएको छ । लम्कीचुहा नगरपालिका ३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट १९ वर्षकी सुनिता रावलको ज्यान गएको हो । घटनापछि मृतकका आफन्त तथा स्थानीयले प्रदर्शन गरेका छन् ।
उनीहरुले उचित क्षतिपूर्ती र दोषीलाई कारबाहीको माग राखेर पूर्वपश्चिम राजमार्गमा अवरोध गरेका छन् । सडकमा टायर बालेर विरोध प्रदर्शन भइरहेको छ । मृतकको शव आफन्तले उठाउन दिएका छैनन् ।





























प्रतिक्रिया