काठमाडौं
मुलुकभर १० हजार भन्दा धेरै ट्याक्सी सञ्चालन भइरहे पनि गतवर्ष नवीकरण गर्नेको संख्या अत्यन्तै न्यून देखिएको छ । समयमा नवीकरण नगर्दा जरिवाना, शुल्क लाग्ने भए पनि अधिकांश ट्याक्सी नवीकरण नगरेको पाइएको छ ।
महालेखापरीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन अनुसार गतवर्ष तीन हजार तीन सय २६ वटा ट्याक्सीले मात्र अनुमतिपत्र नवीकरण गरेका छन् । नापतौल तथा गुणस्तर विभागमा १० हजार ६ सय ४५ ट्याक्सी दर्ता छन् ।
मुलुकभर सञ्चालनमा रहेका ट्याक्सी मध्ये दुई हजार एक सय ९१ ले बिल प्रिन्टर समेत नराखेको पाइएको छ । ट्याक्सी प्रयोग गरेपछि कति भाडा उठ्यो भनेर हेर्ने अधिकार उपभोक्तासँग हुन्छ । त्यसको लागि ट्याक्सी चालकले आफ्नो गाडी भाडादर देखाउने बिलिङ सिस्टम राख्नु पर्छ । यस्तो नियम हुँदाहुँदै पनि दुई हजारभन्दा धेरै ट्याक्सीले नियम उल्लंघन गर्दै बिलिङ प्रिन्टर नराखेको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
विभागको अनुगमनका क्रममा हरेक वर्ष सयौं ट्याक्सी कारबाहीमा पर्छन् । विभागको तथ्यांक अनुसार गत आव ०७४/७५ मा मुलुकभर तीन हजार आठ सय ९२ वटा ट्याक्सी जरिवानामा परेका थिए । उपभोक्तालाई ठग्न खोज्ने र नियम अनुसार नवीकरण नगर्ने ट्याक्सीलाई कारबाही गरिएको विभागले जनाएको छ ।
नागरिकबाट





























प्रतिक्रिया