भारत र पाकिस्तानबीच प्रत्यक्ष वार्ताको पक्षमा अमेरिका

भारत र पाकिस्तानबीच प्रत्यक्ष वार्ताको पक्षमा अमेरिका

केन्द्रबिन्दु
12
Shares

वासिङ्टन डीसी । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार अमेरिकाले भारत र पाकिस्तानबिच प्रत्यक्ष छलफललाई समर्थन गर्ने बताएका छन्।

उनले छलफलको गति, दायरा र चरित्र पनि दुई देशको आपसी समझदारीमा निर्धारण गर्नुपर्ने बताए।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको र दुबै प्रधानमन्त्रीमा शान्ति प्रक्रिया सुरु गर्ने क्षमता रहेको विश्वास गर्ने अमेरिकी विशेषज्ञको प्रतिक्रियाबारे सोधिएको प्रश्नमा मिलरले भने, “हामी भारत र पाकिस्तान दुबैसँगको सम्बन्धलाई महत्त्व दिन्छौँ र भारत–पाकिस्तानबीचको प्रत्यक्ष छलफललाई समर्थन गर्छौँ। तर, गति, दायरा र चरित्र ती दुई देशहरूले निर्धारण गर्नुपर्छ, हामीले होइन।”

जुन १० मा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले प्रधानमन्त्री मोदीलाई भारतको प्रधानमन्त्रीको रूपमा शपथ लिएकोमा बधाई दिएका थिए।

“तेस्रो पटक पदभार ग्रहण गरेकोमा मोदीजीलाई मेरो हार्दिक बधाई। हामी घृणालाई आशाले प्रतिस्थापन गरौं र दक्षिण एसियाका दुई अर्ब मानिसहरूको भाग्य निर्धारण गर्ने अवसरको उपयोग गरौँ,” पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले सामाजिक सञ्जाल एक्समामार्फत शुभकामना दिएका थिए।

नवाज सरिफको बधाई सन्देशको जवाफमा प्रधानमन्त्री नरेन्द्र मोदीले उनको सन्देशको प्रशंसा गर्दै भारतका जनता सधैँ शान्ति, सुरक्षा र प्रगतिशील क्षेत्रका लागि उभिएको उल्लेख गरेका थिए।

Logo