काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको आफ्नै पानी जहाज हुन्छ’ भन्दै भाषण गर्दा कतिले मजाक उडाए । कतिले त कागजको ढुंगा बनाएर बाल्टीमा पानी हालेर चलाउँदैं व्यंग गरे । तरपनि प्रधानमन्त्रीले आफ्नो भाषणलाई रोकेनन् । बरु भाषणसँगै कामलाई पनि अगाडि बढाए । सम्भाव्यता अध्ययन गर्न लगाए ।
अझ भनौं पछिल्लो समय प्रधानमन्त्री ओलीले पानी जहाज आफ्नो मिसन नै बनाए । त्यही अनुरुप पानी जहाज कार्यालय स्थापना गर्नेदेखि लिएर पूर्वाधार निर्माणमा जुटे । फलस्वरुप सानै रुपमा भएपनि सप्तकोशीमा पानी जहाज सञ्चालनमा आएको छ ।
त्यसपछि प्रधानमन्त्रीकै भाषामा व्यंग हानेको मुख बन्द भएका छन् । सुनसरी र उदयपुर जिल्लालाई जोड्ने सप्तकोशीमा यतिबेला पानी जहाज सञ्चालनमा आएका छन् ।
सुनसरी र उदयपुरलाई जोड्ने यो नयाँ पुलको मुन्तिर अहिले जेट बोटको टिकट काउन्टर पनि खुलेको छ । बराहक्षेत्र हुँदै भोजपुरको सिम्लेसम्म जेट बोटमा चढेर यात्रा गर्न सकिने भएको छ ।
चौतर्फ चर्चा र चासोको विषय बनेको त्यही पानी जहाज (जेट बोट) बारे चतरा पुगेर केन्द्रबिन्दु टिमले एउटा रिपोर्ट तयार पारेको छ । गाडिमा झण्डै ५ घण्टा लाग्ने बाटोमा जेट बोटमा माध्यमबाट १५ मिनेटमै चतरापुलबाट भोजपुरको सिम्लेसम्म पुर्याउँछ । थप भिडियोमाः





























प्रतिक्रिया