सत्तारुढ दल नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी र युवा संगठनले एनसेलले कर नतिरेसम्म सिम प्रयोग नगर्न आग्रह गरेको छ ।
नेकपानिकट वाइसियल, युवा संघ नेपाल, अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले आज एक बिज्ञप्ति जारी गर्दै एनसेलको सिम प्रयोग नगर्न अपील गरेका हुन् ।
‘एनसेलले तोकिएको समयमा कर तिर्न आनाकानी गरेको अवस्थाले हामीलाई ज्यादै गम्भीर बनाएको छ । कर तिर्न नपरोस भन्ने मनसायका साथ एनसेलको यस्तो रवैया हामीलाई स्वीकार्य छैन् । यसर्थ जुनसुकै कानुनी प्रक्रिया अवलम्बन गरेर भए पनि एनसेलबाट कर असुल गर्न नेपाल सरकारसँग अनुरोध गर्दछौं ।’ बिज्ञप्तिमा उल्लेख छ। साथै उनीहरुले एनसेललाई कर छुट दिने राष्ट्रघाती निर्णय नगर्न पनि सम्बद्ध निकायलाई चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा पनि एनसेलको सिम बहिस्कार गर्ने अभियान चलेको छ ।

यो पनि
“एनसेललाई बहिस्कार गर्नुको बिकल्प छैन” (भिडियो अन्तर्वार्ता)
एनसेल सिम बहिस्कार गर्दै सर्वसाधारण (भिडियो रिपोर्ट)
पूर्वसचिवको लेख: एनसेलको दादागिरीबिरुद्ध जागौं जनता





























प्रतिक्रिया