काठमाडौं
अस्थायी बसपार्कका लागि आफैंले सम्झौता गरेर दिएको खुलामञ्चलाई काठमाडौं महानगरपालिकाले मनलाग्दी रूपमा व्यापारिक सटर निर्माण गर्न बिचौलियालाई कार्यादेश दिएको पाइएको छ ।
हाल अस्थायी रूपमा सञ्चालनमा रहेको खुल्लामञ्चभित्रको बसपार्कलाई निर्माण कम्पनीले सञ्चालन तथा प्रयोग गर्न मिल्ने गरी महानगरपालिकाको गत १७ फागुनमा बसेको नगरकार्यपालिकाको बैठकले कार्यादेश दिएको हो । नगरकार्यपालिकाको बैठकले दिएको कार्यादेशको पत्र गत २२ फागुनमा निर्माण कम्पनीलाई पठाइसकिएको छ ।
सो पत्रमा पूर्वसहमतिलाई कायम राख्दै निर्माण कम्पनीलाई अस्थायी बसपार्कको सञ्चालन र प्रयोग गर्न कार्यादेश दिइएको उल्लेख छ । सो पत्रमा निर्देशक महेश काफ्लेको हस्ताक्षर छ ।
तर महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने व्यापारिक प्रयोजनका लागि सटर बनाउने गरी निर्माण कम्पनीलाई महानगरले सहमति नदिएको बताए । ‘महानगरले व्यापारिक प्रयोजनका लागि सटर बनाउन सहमति दिएको छैन, सम्झैता विपरीत भए भत्काउँछौं,’ महानगर प्रमुख शाक्यले भने । उनले सो विषयको छानबिनका लागि महानगरपालिकाले उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा छानबिन समिति बनाएको समेत जानकारी दिए । सो समितिको प्रतिवेदनका आधारमा महानगरपालिकाले कारबाही अघि बढाउने उनले बताएका हुन् ।
राजधानीबाट





























प्रतिक्रिया