ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् । घरधनी नरेश कुमार न्यौपानेले दिएको उजुरीको आधारमा नेपाललाई मंगलबार पक्राउ गरिएको हो । "/>

ग्रेटर नेपालका अभियन्ता नेपाल पक्राउ

ग्रेटर नेपालका अभियन्ता नेपाल पक्राउ

केन्द्रबिन्दु
0
Shares

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् ।

घरधनी नरेश कुमार न्यौपानेले दिएको उजुरीको आधारमा नेपाललाई मंगलबार पक्राउ गरिएको हो । गौशालामा रहेकाे इडेन गार्डेन नामक स्कुल सञ्चालक समेत रहेका नेपालले घरबेटीलाई तिर्नुपर्ने भाडा चेकमार्फत भुक्तानी गरेका थिए । तर, उक्त चेक बाउन्स भएपछि न्यौपानेले उजुरी दिएका थिए।

नेपाललाई बैकिङ कसुरमा म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo