मकवानपुर
प्रदेश ३ सरकारले ५० वटा स्थानीय तहलाई एम्बुलेन्स, शववाहन र दमकल किन्न स्वीकृति दिएको छ । प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले आवश्यकता अनुसार प्रचलित कानुन बमोजिम खरिद गर्ने गरी स्वीकृति दिने निर्णय गरेको हो ।
सरकारले ३७ वटा स्थानीय तहबाट एम्बुलेन्स, ६ वटाबाट दमकल र सात वटाबाट शववाहन माग भएकाले खरिद गर्न ससर्त अख्तियारी प्रदान गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए । उनका अनुसार प्रदेश सरकारले स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरिद गर्न ससर्त अनुदानको व्यवस्था गर्ने निर्णय गरेको छ ।
त्यस्तै हेटौंडा उपहानगरपालिका–१५ मा अटो भिलेज निर्माणका लागि उपमहानगरपालिकालाई ३० वर्षे भोगाधिकार प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको मन्त्री ढुंगेलले बताए ।
नागरिकबाट





























प्रतिक्रिया