काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । वार्ता समितिमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा छन् ।
राप्रपा हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह लगायतका २२ बुँदे मागका आन्दोलनमा होमिएको थियो । राप्रपाले गत फागुन ७ गते नेपाल सरकार समक्ष पेस गरेको मागका सम्बन्धमा सरकारले आव्हान गरेको वार्तालाई राप्रपाले सकारात्मक रुपमा लिएको जनाएको छ ।
राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार आइतवार कानुनमन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र लेखी मंगलबार (आज) का लागि वार्तामा आमन्त्रण गरेका थिए ।





























प्रतिक्रिया