काठमाडौं
यातायात कार्यालयबाट विद्युतीय सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरणमा ढिलाइ भएपछि विभाग आफैँले वितरण गर्न थालेको छ ।
प्रिन्ट गरेर सम्बन्धित यातायात कार्यालयमा पठाएका मेसिन रिडेबल स्मार्ट लाइसेन्स विभागमै फर्काएर वितरण थालिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । ‘वितरणका लागि यातायात कार्यालय एकान्तकुनामा पठाएका स्मार्ट लाइसेन्स अलपत्र परेपछि पुनः विभागमै फर्काइएको हो’ उनले भने । अहिले सबैभन्दा बढी कार्ड थुप्रिएर बसेको एकान्तकुना कार्यालयबाट मात्र फिर्ता ल्याइएको छ ।
एकान्तकुनामा मात्र डेढ लाख कार्ड वितरण थुप्रिएर बसेका थिए । विभागमा धेरै गुनासो आएपछि वितरणलाई तीव्रता दिन विभाग ल्याएको विभागको भनाइ छ ।
सात काउन्टरमार्फत वितरण
विभागले मीनभनवस्थित आफ्नै कार्यालयमा सातवटा काउन्टर स्थापना गरी मेसिन रिडेबल स्मार्ट कार्ड वितरण थालेको छ । यसअघि एकान्तकुनामा दुईवटा काउन्टरबाट मात्र कार्ड वितरण गर्ने गरिएको थियो । अब रोकिएर बसेका कार्ड वितरणमा सहजता आउने महानिर्देशक दाहालको भनाइ छ ।यातायात कार्यालयहरू प्रदेशअन्तर्गत गएका भए पनि वितरणमा धेरै गुनासो आएकाले वितरणलाई छिटो र चुस्त बनाउन विभागमा ल्याइएको हो ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया