५ तहको सुरक्षा घेरा तोड्दै कसले देखायो प्रधानमन्त्रीलाई कालो झण्डा ?

५ तहको सुरक्षा घेरा तोड्दै कसले देखायो प्रधानमन्त्रीलाई कालो झण्डा ?

केन्द्रबिन्दु
0
Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली जितगढ विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली पुर्खाहरुको बयान गर्दै थिए । अंग्रेजहरुलाई हराएको दिनको सम्झनामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली नेपालीहरु निकै बहादुर हुन्छन्, भन्दै मन्तव्य दिईरहेका थिए । त्यही क्रममा एक जना हातमा कालो कपडा देखाउँदैं ओलीतिर दौडेर आए ।

ओलीले सम्बोधन गरिरहेको मञ्च भन्दा लगभग ५० मिटरको दूरीमा रहेको ति मान्छे एकाएक, ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाउन थाले । हातमा कालो झण्डा र आक्रोशपूर्ण रुपमा नारा लगाउँदै अगाडि बढिरहेका उनलाई कसैले पनि रोकेन् । अगाडि बढिरहँदा प्रधानमन्त्रीले नै आफ्नो भाषण रोकेर सुरक्षाकर्मीलाई, ‘सुरक्षाकर्मी कता छ ? कालोझण्डा देखाइराखेको छ, के हेरेर बस्या छ सुरक्षा निकाय ?’ भनेपछि मात्रै प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

रोचक कुरा त के भने प्रधानमन्त्रीले भाषण गरिरहेको कार्यक्रम स्थलमा ५ तहको सुरक्षा घेरा थियो । त्यसमाथि पनि करिब १ सय भन्दा बढीको संख्यामा स्वयसेवक खटिएका थिए । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगरप्रहरीले सुरक्षा दिएको थियो । ति पाँचै तहको सुरक्षा घेरालाई चुनौती दिँदै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने व्यक्ति थिए, अर्घाखाँचीका रुद्र घिमिरे ।

घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । सुरुमा सुरक्षाको नजरमा नपरेका उनलाई प्रधानमन्त्रीले नै भनेपछि नियन्त्रणमा लिईएको हो । तत्काल प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेपछि प्रधानमन्त्री ओली मुसुक्क हाँस्दै ‘कसैले उहाँलाई पठायो होला, केही छैन’ भन्दै फेरि भाषण सुरु गरेका थिए।

कर्णेल उजिर सिंहले २०३ बर्ष अगाडि आजकै दिन बुटवल जितगढ किल्लाबाट अंग्रेजलाई परास्त गरी फर्काएका थिए । सोही दिनको सम्झनामा जितगढीमा बिजयउत्सव समारोह गरिएको हो। समारोहलाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, एमाले महासचिव विष्णु पौडेल, कांग्रेस संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाँण लगायतले सम्बोधन गरेका थिए।

बुटवलमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाईयो, भाषण रोकेरे एक छिन हेरे

Logo