काठमाडौं
ह्याचब्याक सेग्मेन्टमा उपभोक्ताको रोजाइ बन्दै आएको सुजुकीको नयाँ वागनआर नेपाली बजार भित्रिएको छ । सुजुकीको नेपालस्थित अधिकृत आयातकर्ता चौधरी ग्रुप अन्तर्गतको सिजी मोटोकर्पले एक साताअघि भित्र्याएर बिक्री गरिरहेको छ । नयाँ वागनआर १ हजार र १२ सय सिसी गरी दुई इन्जिन विकल्पमा उपलब्ध छ ।
१ हजार सिसी क्षमता भएको कारको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो कारले २२ दशमलव ५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ । यो कारले ५० किलोवाट पावर र ९० एनएम टर्क दिन्छ ।
१२ सय सिसीको कार भने दुईवटा भेरिएन्टमा छन् । भिएक्सआई भेरिएन्टको २६ लाख ९९ हजार र जेडएक्सआई भेरिएन्टको २७ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यसले २१ दशमलव ५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ । दुवै भेरिएन्टको पावर ६१ किलोवाट र टर्क १ सय १३ एनएम छ । नयाँ कार भारत स्टेज ४ (युरो चार) मापदण्डमा आधारित भएर उत्पादन गरिएको छ ।





























प्रतिक्रिया