आइसीसी यू–१९ विश्वकपको एशिया छनोटको अन्तिम खेलमा कुवेतले नेपाललाई एक सय ५८ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले ४९ ओभर चार बलमा एक सय ५७ रनमा समेटियाे ।
११ रनमा पहिलो विकेट गुमाएको कुवेतले १५ रनमा दोस्रो विकेट खेर फाल्यो ।कुवेतका लागि नोमान बुद्रोले उत्कृष्ट अर्धसतकीय पारी खेले । जसमा उनले अविजीत ७० रन बनाए । यस्तै गोकुल कुमारले ३६ तथा हामुद अमानुल्लाहले १७ रन बनाए ।
बलिङमा नेपालका लागि रोहित कुमार पौडेलले तीन तथा रासिद खान, शूर्य तामाङ र कुशल मल्लले दुई दुई विकेट लिए ।





























प्रतिक्रिया