नयाँ बर्षमा पूर्वराजाको सन्देश- ‘बितेका वर्षहरुको सुक्ष्म समीक्षा गरौँ’

नयाँ बर्षमा पूर्वराजाको सन्देश- ‘बितेका वर्षहरुको सुक्ष्म समीक्षा गरौँ’

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाहले निकट अतितका वर्षहरुको सुक्ष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नुपर्ने बताएका छन्।

नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘स्वभावत: यतिखेर हामीले बितेको निकट अतितका वर्षहरुको सुक्ष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नै पर्दछ, ।’

राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफू नेपाल र नेपाली नागरिकको साथमा रहेको बताउदै उनले भनेका छन्, ‘हामीले अब केवल हिजो अस्तिकोजस्तो समय बियाल्ने परिपाटीलाई मात्र अँगालेर पुग्दैन ।’ जनताको घर दैलोमा आफू पुग्दा जनताका अनगिन्ति समस्या र दूर्दान्त पीडा पाएको उनले उल्लेख गरेका छन् । ‘लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौंतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने, यस्तो नाजुक अवस्था अझै कति रहिरहने ?’ सन्देशमा उनले भनेका छन्, ‘स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ ।’

उनले मुलुकप्रतिको आफ्नो आस्था र निष्ठा अडिग रहेको बताएका छन् । ‘विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्मसमीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र ऐक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’ बिज्ञप्तिमा उल्लेख छ।

Logo