आज र भोलि बदली हुने मौसमविदको भनाई

आज र भोलि बदली हुने मौसमविदको भनाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

शनिबार (आज) दिनभर र भोलि मौसममा बदली हुने मौसमविदहरुले बताएका छन् । आज बिहानैदेखि केही ठाउँमा पानी परिरहेको छ । वर्षा गराउने बादल सक्रिय भएकाले केही क्षेत्रमा सामान्य पानी पर्ने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य, पश्चिम र पूर्वी क्षेत्रमा भोलिसम्म मौसम बदली हुनेछ ।

तराईमा सामान्य बदली र पहाडका केही ठाउँमा पानी पर्ने मौसमविद सुजन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी र मध्य तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ ।

Logo