फ्राइडे फिल्म: ‘ए मेरो हजुर ३’ र ‘यात्रा’, सुहाना र मालिकाको अग्निपरीक्षा

फ्राइडे फिल्म: ‘ए मेरो हजुर ३’ र ‘यात्रा’, सुहाना र मालिकाको अग्निपरीक्षा

केन्द्रबिन्दु
0
Shares

आज शुक्रबार चैत्र २९ गते सिनेमा हलमा दुई नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन् । दुई चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ गरि दुई चलचित्रले एक आपसम हल बाडेका छन् । यी दुई चलचित्र वर्ष २०७५ का अन्तिम चलचित्रहरु हुन् । यो वर्ष लगभग ९६ वटा चलचित्रहरु प्रदर्शनमा आए तर कमै चलचित्रहरुले मात्र सोलो प्रदर्शनको मौका पायो ।

ए मेरो हजुर ३

अनमोल स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ यो वर्षकै बहुप्रतिक्षित चलचित्रमा पर्दछ । झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी र डेब्यु गर्ल सुहाना थापा मुख्य भूमिकामा छन् । आफ्नै होम प्रोडक्सनमा निर्माण भएको चलचित्र ‘ए मेरो हजुर ३’ बाट सुहानाले रजतपटमा डेब्यु गरेकी हुन् । चलचित्रको ट्रेलर र गीतहरु सार्वजनिक भईरहदा सुहानाको चर्चा र परिचर्चा सुरु भएको छ । यस चलचित्रमा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यात्रा

सम्राट शाक्य निर्देशित चलचित्र ‘यात्रा’ आजबाट प्रदर्शनमा आएको छ । यस चलचित्रमा सलिनमान बानिया, मालिका महत, सलोन बस्नेत, प्रेक्षा बज्रचार्य, विशाल कटुवाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । नवनायिका मालिकाले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् । यस अघि उनले म्युजिक भिडियाहरुमा भने अभिनय गरेकी थिइन् । सञ्जय लामाले छायांकन गरेको चलचित्रलाई बनिश शाहले सम्पादन गरेका हुन् । यस चलचित्रमा यात्रा आउने घटनाक्रमलाई प्रस्तुत गरिएको छ ।

Logo