काठमाडौं
यस वर्षको वसन्त ऋतुमा विश्वको सर्वोच्व शिखर सगरमाथाको आरोहणका लागि ३ सय भन्दा बढीले आरोहण अनुमति लिएका छन् । (६ पुरुष/६ महिला नेपाली) ४२ देशका ३० समूहमा २ सय ५१ पुरुष र ४९ महिला सहित कुल ३ सय जनाले सगरमाथा आरोहणको लागि अनुमति लिएको पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले जानकारी दिनुभयो ।
यस वर्ष सगरमाथा आरोहण गर्नको लागि भारतबाट ६७, अमेरिका बाट ६३, चीनबाट ४०, बेलायतबाट ३९, नेपाल बाट १२ जना गरी कुल ३ सयले मंगलबार सम्म आरोहण अनुमति लिएका छन् । जसमा रोयल्टी दस्तुर वापत ३४ करोड ८३ लाख ७२ हजार २ सय १२ रुपैयाँ संकलन भएको छ । सगरमाथा आरोहणका लागि विदेशीले सगरमाथा आरोहण अनुमति लिन प्रति व्यक्ति ११ हजार अमेरिकन डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिर्नुपर्ने प्रावधान रहेको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया