काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल जग्गा खरिदमा ठगिएको बताएका छन् ।
प्रधानमन्त्री निवास किनबेच नभएको भन्दै ललिता निवासको जग्गामा समस्या देखिएकोले सत्यतथ्य छानविन गर्न सरकारले समिति बनाएको बताएको दाबी गरे । बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउने क्रममाः सञ्चारमन्त्री बाँस्कोटाले महासचिव पौडेल जग्गा किन्दा ठगिएको दाबी गरे ।
ललिता निवासको जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले समेत किनेको पाइएको छ । यसबारे के हुन्छ भनेर प्रत्रकारले सोधेको प्रश्नमा प्रवक्ता बास्कोटाले भने, ‘नेकपाको महासचिवले यस विषयमा वक्तव्य जारी गरिसक्नुभएको छ । उहाँ फर्जी धन्दामा संलग्न भएको होइन । कसैको नाममा भइसकेको जग्गा किनेको हुँ भन्नुभएको छ । उहाँ त ठगीमा पर्नुभयो, उहाँ अपराधी होइन ।’
सरकारले उक्त जग्गा रोक्का गरिसकेको बाँस्कोटाले बताए। ‘व्यक्तिलाई डाम्छु भनेर लाग्नुहुन्छ भने केही छैन। सरकारले जग्गा रोकेर एक्सन गरिसक्यो,’ उनले भने, ‘उहाँ (विष्णु पौडेल) आफू पीडित भइसक्नुभयो जग्गा परेछ नक्कली। यहाँ भन्दा अरु केही हुन्न।’
सरकारी जग्गा किनेको भए कसैलाई पनि नछाड्ने उनले बताए। ‘म संलग्न छैन भनेर महासचिवले वक्तव्य जारी गरिसक्नुभएको छ। तर दोषी देखिए कोही पनि उम्कदैन । सत्ता र प्रतिपक्षी होइन, दोषी देखिए सरकारी जग्गा सरकारले आफ्नो मातहत ल्याउँछ,’ उनले भने।





























प्रतिक्रिया