डेडिकेटेड तथा ट्रंकलाइन विवादः फरक मत राख्ने प्राधिकरणका दुई सञ्चालक पदमुक्त

डेडिकेटेड तथा ट्रंकलाइन विवादः फरक मत राख्ने प्राधिकरणका दुई सञ्चालक पदमुक्त

केन्द्रबिन्दु
57
Shares

डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल बक्यौताको विषयमा फरक मत राखेका नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक पदमुक्त भएका छन् । आइतबार जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले मन्त्रालयस्तरीय निर्णय गर्दै सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेका हुन् ।

बक्यौता नतिरेर लाइन काटिएका ६ उद्योगमा बिजुली जोड्ने ७ असारको प्राधिकरण सञ्चालक समितिको निर्णयमा उनीहरूले फरक मत राख्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए। त्यसपछि नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै गत १६ साउनमा दुवै जनालाई स्पष्टीकरण नै सोधिएको थियो । तर, उनीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्री खड्काले यो निर्णय लिएका हुन् ।

Logo