विद्युत् प्राधिकरणकाे सञ्चालक समितिमा कार्की र गुरुङ नियुक्त

विद्युत् प्राधिकरणकाे सञ्चालक समितिमा कार्की र गुरुङ नियुक्त

केन्द्रबिन्दु
48
Shares

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् ।

डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल बक्यौताको विषयमा फरक मत राखेका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुन पदमुक्त गरेसँगै रिक्त स्थानमा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले मन्त्रालयस्तरीय निर्णय गर्दै कार्की र गुरुङलाई नियुक्त गरेका हुन् । कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् भने गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक एवम् पञ्चेश्वर विकास प्राधिकरणका पूर्वसीईओ हुन् ।

बक्यौता नतिरेर लाइन काटिएका ६ उद्योगमा बिजुली जोड्ने गत ७ असारको प्राधिकरण सञ्चालक समितिको निर्णयमा पुन र आचार्यले फरक मत राख्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । त्यसपछि नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै गत १६ साउनमा दुवै जनालाई स्पष्टीकरण नै सोधिएको थियो । तर, उनीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्री खड्काले उनीहरुलाई हटाएका हुन् ।

Skip This
Skip This
Logo