काठमाडौँ
१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत किङ्गस इलाभेन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् । दिल्ली क्यापिटल्स् बाट खेलिरहेका सन्दीपले आफ्नो अन्तिम ओभरमा सर्फराज खानलाई आउट गरेका हुन् ।
यसअघि आफ्नो पहिलो ओभरमा सन्दीपले एस कुरानलाई आउट गरेका थिए । पञ्जाबको घरेलु मैदान मोहालीमा भएको सोमबारको खेलमा सन्दीपले ४ ओभर खेल्दै २७ रन खर्चिए । उनको बलमा पञ्जाबका व्याट्सम्यानले २ छक्का प्रहार गरेका थिए ।
यसअघि कोलकाताविरूद्धको खेलमा अवसर पाएका सन्दीपले २९ रन खर्चिदै १ विकेट लिएका थिए । कोलकाताविरूद्ध सन्दीप सबैभन्दा कम रन खर्चिने बलर थिए ।
यद्यपी साम कुरानले ह्याट्रिक विकेट लिएपछि किंग्स इलाभेन पञ्जाबले दिल्ली क्यापिटल्सविरुद्ध सनसनीपूर्ण जित निकालेको छ । सोमबार राति मोहालीमा सन्दीप लामिछाने सहभागी टिम दिल्लीलाई १४ रनले पराजित गर्दै आईपीएलमा तेस्रो जित दर्ता गर्न सफल भयो ।
१६७ रनको लक्ष्य पछ्याएको दिल्ली ४ बल बाँकी छँदै १५२ रनमा समेटिएको थियो । पञ्जाबका साम कुरानले ह्याट्रिक विकेट लिन सफल भए ।





























प्रतिक्रिया