नेत्र विक्रम चन्द विप्लव नेतृत्व समूहका दुई विद्यार्थी र एक पत्रकार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र विद्यार्थी नेता उज्वल पुनमगर छन् । प्रदर्शनको फोटो/भिडियो खिचिरहेका पत्रकार महासंघका केन्द्रीय सभासद तथा महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजेन्द्र अधिकारीलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पृथ्वीनारायण क्याम्पस गेट पोखरा, बगरबाट कास्की प्रहरीले पक्राउ गरेको हो ।
सरकारले प्रतिबन्ध लगाएसँगै आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विरोध गर्दै सोमबार बिहान विद्यार्थीले विरोध जुलुस निकालेका थिए ।





























प्रतिक्रिया