रास्वपाबाट निकालिएपछि मुकुल ढकालले भने- रवि लामिछाने क्लबलाई याे अधिकार छैन

रास्वपाबाट निकालिएपछि मुकुल ढकालले भने- रवि लामिछाने क्लबलाई याे अधिकार छैन

केन्द्रबिन्दु
48
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासित भएपछि मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले नै रास्वपाको सदस्यता त्याग्नु पर्ने बताएका छन् ।

मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै उनलाई निष्काशन गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै ढकालले समाजिक सञ्जालमार्फत रवि लामिछाने क्लवबाट मात्रै आफू निस्कासित भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछी , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला , तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टी गर्दै जानेछ ।’

उनले थपेका छन्, ‘सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन्, आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न , अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’

Logo