उपाधिका लागि नेपाल-भारतको खेल सुरु (लाइभ)

उपाधिका लागि नेपाल-भारतको खेल सुरु (लाइभ)

केन्द्रबिन्दु
0
Shares

विराटनगर । पाँचौँ साफ महिला च्याम्पियनसीपमा उपाधीका लागि नेपाल र भारतबीचको खेल सुरु भएको छ । विराटनगरस्थित शहीद रंगशालामा खेल सुरु भएको हो ।

दुवै देश उपाधी आफ्नो पोल्टामा पार्ने दाउँमा छन् । नेपाल घरेलु खेल मैदान भएका कारण पनि उच्च मनोबलसहित मैदानमा उत्रिएको छ । समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन ।

साफको उपाधि यसअघि निरन्तर भारतले जितेको छ। जसमा नेपाल तीन पटक फाइनलमा भारतसँग पराजित भएको थियो भने एक पटक भारतले बंगलादेशलाई पराजित गरेको थियो। समूह चरणको खेलमा नेपालले बङ्गलादेश, भूटान र श्रीलङ्कालाई पराजित गरेको थियो।

 

Logo