एनआईएमबी एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

एनआईएमबी एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । एनआईएमबी एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न भएको छ । नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्यमा केन्द्रित कार्यक्रममा नेपालमा प्राइभेट इक्विटीका अवसरहरूका बारेमा अर्थपूर्ण संवाद एवं छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

हिल्टन काठमाडौँमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरूका प्रमुख कार्यकारी निर्देशकहरू लगायत अन्य सरोकारवाला एवं निर्णायक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । एनआईएमबी एस क्यापिटलको भिजन र मिसनका बारेमा स्पष्ट पार्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले नेपालको समग्र आर्थिक वृद्धिमा प्राइभेट इक्विटीको महत्त्वलाई जोड दिई आफ्नो कम्पनीको रणनीतिक उद्देश्यहरू प्रस्तुत गर्दै नेपालमा प्राइभेट इक्विटी क्षेत्रको उदाउँदा अवसरहरूलाई थप प्रष्ट पारेका थिए ।

प्रख्यात मोटिभेसनल स्पीकर अतुल सत्य कौशिकले “भागवत गीतामा आधारित नेतृत्व र व्यवस्थापनका पाठहरू” शीर्षकमा बोलेका थिए । उनले ‘अर्जुन र कृष्ण’ को जस्तो सहयात्राको महत्त्वलाई जोड दिँदै नेतृत्वकर्ताले कसरी ‘राम र कृष्ण’ जस्ता महान् व्यक्तिहरूका गुणहरूलाई अपनाउनुपर्छ भनेर सहभागीहरूलाई अवगत गराएका थिए ।

एनआईएमबी एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले प्राइभेट इक्विटीका आधारभूत विषयहरू र एनआईएमबी इक्वीटी पार्टनर्सले हालसम्म जगदम्बा स्पिनिङ मिल्स, डेलिश डेरिज, शिन्तामनी मुस्ता र फिक्कल टी एन्ड कफी जस्ता कम्पनीहरूमा गरेको लगानीको सफलताका बारेमा बताएका थिए । छलफलले भ्यालु क्रियसन, प्राइभेट इक्विटीमार्फत वृद्धि र विविध क्षेत्रमा दिगो विकासलाई अघि बढाउने एनआईएमबी एस क्यापिटलको प्रस्ट प्रतिबद्धतालाई उजागर गरेको थियो ।

समापनका क्रममा एनआईएमबीका अध्यक्ष सचिन तिब्रेवालले प्राइभेट इक्विटीमा लगानीलाई विस्तार गर्ने एनआईबीएल इक्वीटी पार्टनर्सको प्रतिबद्धतामा जोड दिए । साथै देशको समग्र वित्तीय क्षेत्रलाई अगाडि बढाउन सरोकारवाला सम्पूर्णले सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै उनँले थप भने, “आजको ज्ञान र अनुभव आदान–प्रदानले हामीलाई नयाँ अवसरहरू खोजी गर्न र प्राइभेट इक्विटीमा दिगो वृद्धि र प्रगति ल्याउन सहयोग गर्नेछ ।’’

Skip This
Skip This
Logo