काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशनमान सिंहले धरहराको निरीक्षण गरेका छन् । बुधबार मन्त्री सिंहले काठमाडौंको सुन्धारास्थित धरहराको निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘यसको तयारी प्राय सबै कम्पोनेन्टहरु सम्पन्न भइसकेको छ तर पनि अरु पूरै भएको छैन । खासगरेर हामीले संविधान दिवसको उपलक्ष्यमा धरहरालाई अप्रेशनमा लैजानको लागि कसरी सञ्चाल गर्ने भन्ने कुरा पछि हुन्छ । अहिले चाँही केही समयको लागि आम जनताले पनि धरहरा बनेको यत्तिका वर्ष भयो चढ्न पाउँ भन्ने इच्छा छ नि त्यसैले पनि सञ्चालन गर्न लागेका हौं, एकदिन अगाडि नै अनलाइन बुकिङ्ग गरेकालाई मात्र चढ्न दिने प्रावधान छ ।’
साथै, उनले अहिलेको लागि निःशुल्क रुपमा धरहरा चढ्न सकिने बताए । उनले नियमावली कार्यविधि भइसकेपछि मात्र कसरी सञ्चालन गर्ने भन्ने कुरा पछि सार्वजनिक गरिने बताए । संविधान दिवसको अवसर पारेर धरहरा बिहीबार सर्वसाधारणको लागि खुला हुँदैछ ।





























प्रतिक्रिया