जुम्ला । नेकपा माओवादी केन्द्र जुम्लाले आयोजना गरेको कार्यक्रममा झण्डै साढे पाँच सयको सख्यांमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विभिन्न पार्टीबाट ५ सय ३८ जनाले प्रवेश गरेको पार्टी सचिव नवीन शर्माले बताएका छन् ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ का निर्वाचित वडाअध्यक्ष धनबहादुर कामी पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कनकासुन्दरी ६ गोरुचौरमा एक कार्यक्रम गरी पार्टीमा स्वागत गरेका हुन् ।





























प्रतिक्रिया