आशा लघुवित्तको आईपिओ आज (शुक्रबार) बाँडफाँड भएको छ ।
बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आइपीओ भएको बाँडफाँड गरिएको हो। जसमा ६२ हजार ९ सय ९३ आवेदकलाई १० कित्ता शेयर परेको छ भने कुल २ लाख ४७ हजार ४ सय ४६ आवेदक हात खाली भएका छन् । कुल आवेदक मध्ये ६ सय ७७ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
आइपिओमा १८.८० गुणा बढी अर्थात ३ लाख १३ हजार ८ सय ६० आवेदकबाट १ करोड १८ लाख ४६ हजार ४ सय ७० कित्ताको लागि आवेदन परेको थियो । यस मध्ये करिब ७ सय आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले ६ लाख ७४ कित्ता आईपिओ निष्काशनको गरेको हो । कुल ६ लाख ७४ हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात् १० हजार ३ सय ७० कित्ता कमर्चारीलाई र ५ प्रतिशत अर्थात् ३३ हजार ७ सय कित्ता सामुहिक लगनी कोषलाई छुट्याइएको छ । बाँकि रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन ।
हाल कम्पनीको चुक्ता पुंजी १४ करोड रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको पुंजी २० करोड ७४ लाख पुगेको छ ।





























प्रतिक्रिया