काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद् हेरफेरको कुरा निराधार भएको बताएका छन् ।
धनगढीमा आयोजित पत्रकार भेटघाटका क्रममा गृहमन्त्री लेखकले आजको समयसम्म मन्त्रिपरिषद् हेरफेरबारे कुनै कुरा नउठेको बताएका हुन् ।
‘हामी प्रधानमन्त्रीय प्रणालीमा छौँ । प्रधानमन्त्रीले जुनसुकै बेला मन्त्री हेरफेर गर्न सक्नुहुन्छ । तर आजको समयसम्म त्यसबारे कुनै कुरा उठेको छैन,’उनले भने ।
मन्त्री लेखकले बीआरआईमा अनुदान लिने तर ऋणका रूपमा स्वीकार नगर्ने कांग्रेसको स्पष्ट धारणा रहेको बताएका छन् । गृहमन्त्री लेखकले भने, ‘बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक मान्यता देखिए पनि दुवै दलबीच समझदारी गरेर अगाडि बढ्नेछ ।’
मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको पनि बताए ।





























प्रतिक्रिया