रास्वपा कार्यकर्ताद्वारा माइतीघरमा प्रदर्शन

रास्वपा कार्यकर्ताद्वारा माइतीघरमा प्रदर्शन

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

माइतीघरमा भेला भएका रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याउने तयारी हुँदा केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

‘रवि दाइलाई न्याय दे’ प्लाकार्ड बोकेर उनीहरूले विरोध गरिरहेका छन् ।

Logo