ब्ल्याकशार्कका स्मार्टवाच र इयरबड नेपाली बजारमा, खरिद गर्दा विशेष छुटको व्यवस्था

ब्ल्याकशार्कका स्मार्टवाच र इयरबड नेपाली बजारमा, खरिद गर्दा विशेष छुटको व्यवस्था

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याकशार्क औपचारिक रुपमा नेपालभित्रिएको छ । नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केट प्लेस मोबाइलमान्डुले ब्ल्याकशार्क गेमिङ एसेसरिजको विशेष रुपमा सार्वजनिक भएको हो ।

मंसिर ११ देखि १७ गतेसम्म गेमिङ र हेल्थ तथा प्रविधिमा चासो राख्ने ग्राहकले सो ब्रान्डका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबडको बारेमा जानकारी लिन र प्रयोग गर्न सक्ने छन् ।

ब्ल्याकशार्कको नेपाली बजारमा औपचारिक लन्चको अवसरमा सीमित समयका लागि आकर्षक छुट र अन्य विभिन्न अफर समेत उपलब्ध गराइएको छ । प्रिमियम एसेसरिजलाई अझ सबैको पहुँच योग्य बनाउनका लागि सीमित समयका लागि ५० प्रतिशत छुट अफर उपलब्ध हुनेछ ।

त्यसैगरी पहिलो ५० ग्राहकले जीटी३ नियो स्मार्टवाच र टी९ इयरबडमा विशेष छुट प्राप्त गर्नसक्ने बताइएको छ । यीवाहेक शुरुमै एसेसरिज किन्ने ग्राहकलाई ग्याजेटको अनुभवमज्जाले लिन र ब्रान्ड भ्याल्यु बुझाउन सहजताका लागि स्पेसल गिफ्ट ह्याम्पर समेत प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

सहभागीहरुमा उत्साह प्रदानगर्न र पुरस्कृत गर्नका लागि एक ग्रान्ड गिभअवे कार्यक्रम गरिने छ र यसमा विभिन्न भाग्यशाली ग्राहकलाई ५० हजार रुपैयाँमूल्यको ब्ल्याकशार्क प्रोडक्ट उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

मोबाइल मान्डुले हाल पहिलो चरणमा विभिन्न मोडलका स्मार्टवाच र इयरबड बिक्रीका लागि उपलब्ध गराएको छ । आगामी दिनमा अन्य एसेसरिज समेत उपलब्ध हुनेछन् । ७ देखि २१ दिन सम्मको ब्याट्री लाइफ भएका यी स्मार्टवाच गेमिङमा प्रयोग गर्न सकिन्छ । यो वाहेक स्पोर्ट्स र हेल्थ चेकअपका लागि समेत विशेष उपयोगी हुनेछन् । त्यसैगरी इयरबडको ब्याट्री लाइफ ४० घण्टासम्म रहेको छ ।

मोबाइलमान्डु र दराजको सोसल मिडिया प्ल्याटफर्मबाट यी सामग्री खरिद गर्न सकिने छ । हाई पर्फमेन्स गेमिङ एक्सपेरियन्स प्रदान गर्नका लागि ब्ल्याकशार्कले विभिन्न डिभाइस, एसेसरिज र सफ्टवेयर उत्पादन गर्दै आएको छ ।

Logo