रोमान्स र एक्सनले भरिपूर्ण ‘यात्रा’ को टिजर सार्वजनिक (हेर्नुहोस् टिजर)

रोमान्स र एक्सनले भरिपूर्ण ‘यात्रा’ को टिजर सार्वजनिक (हेर्नुहोस् टिजर)

केन्द्रबिन्दु
0
Shares

नायक सलिनमान बानियाले चलचित्र ‘ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा प्रवेश पाएका हुन् । उनले पहिलो चलचित्रबाटै दर्शकहरुको मन जित्न सफल भएका थिए ।

करिब २ वर्षको अन्तरालपछि उनी चलचित्र ‘यात्रा: अ म्युजिकल भ्लग‘ लिएर दर्शक माझ आएका छन् । बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि चलचित्र ‘यात्रा’ को टिजर सार्वजनिक गरिएको छ ।

सार्वजनिक टिजर एक्सन र रोमान्सले भरिपूर्ण छ । सम्राट शाक्य निर्देशित चलचित्रमा सलिनमान बानिया, सलोन बस्नेत, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, बिशाल कटुवाल, प्रकाश अधिकारी, धिरेन शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

केशव भट्टराई र सुशील पोखरेलले निर्माण गरेको चलचित्रलाई बनिश शाहले सम्पादन गरेका हुन् भने सञ्जय लामाले खिचेका छन् । यात्रा आउँदो चैत्र २९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

Logo