कांग्रेसले मंसिर २९ गते देशैभर प्रदर्शन गर्ने

कांग्रेसले मंसिर २९ गते देशैभर प्रदर्शन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले मंसिर २९ गते देशैभर प्रदर्शन गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको प्रहरी धरपकडबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाइएको थियो ।

पूर्व पदाधिकारीहरु समेतको शुक्रबार बसेको बैठकले मंसिर २९ गते देशैभर सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कांग्रेस बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

Logo