काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्समाथि सहज जित दर्ता गरेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा कर्णालीले पोखरामाथि ७ विकेटको जित निकालेको हो ।
१ सय ४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्न सफल भयो । कर्णालीका लागि गुलशन झाले अविजित ४९ रन जोडे । उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए । तर, उनी एक रनमा अर्धशतकबाट चुके । यसैगरी चाडविक वाल्टनले ४२ रन बनाए ।
बलिङतर्फ पोखराका लागि विपिन, सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पोखरा १६.३ ओभरमा सवै विकेट गुमाउँदै १०३ रन बनाएकाे थियाे । पहिलो पावर प्लेमा निकै उत्कृष्ट प्रदर्शन गरेको पोखराले पछि नाटकिय रुपमा विकेट पतन भयो । पोखराका लागि ओपनर दिनेश खरेलले १९ बलमा सर्वाधिक २६ रन जोडे । अर्को ओपनर आन्द्रेस गौसले पनि २५ रन जोडे । रेमन रेफर २० रनमाा समेटिँदा अन्य खेलाडीले राम्रो गर्न सकेनन् ।
कर्णाली याक्सका विलियम बोसिस्टोले एक्लैले पोखराको ६ विकेट लिए छन् । ४ ओभर बलिङ गरेका उनले मात्र २८ रन दिए । उनी नेपाल प्रिमियर लिगमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । यसअघि सोहेल तनविर, नरेन साउद र हर्श थाकेरले एकै खेलमा ५ विकेट लिएका थिए ।





























प्रतिक्रिया