कपिलवस्तु संवाददाता
कपिलवस्तुमा स्वतन्त्र राजनीतिक समूहको भेला सम्पन्न भएको छ । "/>

“जनतालाई विकास चाहिन्छ”: पूर्वमन्त्री मिश्र

“जनतालाई विकास चाहिन्छ”: पूर्वमन्त्री मिश्र

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु संवाददाता
कपिलवस्तुमा स्वतन्त्र राजनीतिक समूहको भेला सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं.१२ मा भेला गरि वडा स्तरीय इकाइ गठनलाई तिब्रता दिएको हो।
देवेन्द्र दत्त शुक्लाको  अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि ईश्वर दयाल मिश्र थिए।  अतिथिहरुमा परमेश्वर प्रसाद त्रिपाठी, साजिद अलि, रफीक खाँ, नुरुलहुदा मुसलमान, कमला प्रसाद यादव, दरोगा प्रसाद कुर्मी, कृष्ण कुमार चौधरी, रामराज चौधरी, रामवृक्ष यादव, रामदास यादव लगायत थिए।
कार्यक्रमका प्रमुख अतिथि मिश्रले नेकपासँग एकताको प्रक्रियामा रहेको बताए । नेकपासँगको वार्ता पनि सकारात्मक रहेकाले यसलाई तार्किक निष्कर्षमा पुर्याउनेतर्फ आफूहरु गम्भिर रहेको उनले स्पष्ट पारे । ‘हामीले यो समूहलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्यौं, एउटा त हामीबीच यही समूहलाई नै विस्तार गरौं, अघि बढाउने र सक्रिय बनाउनेबारे पनि छलफल भयो । अर्को, नेकपासँगको एकता वार्तालाई सार्थकता दिनेबारे पनि छलफल गर्यौं । र, तेस्रो यही समूहलाई पार्टीको रुपमा अघि बढाउनेबारे पनि कुरा भएको थियो ।’ उनले भने।
संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग तराई/मधेशका जनता निराश भएको पनि उनले टिप्पणी गरे । उनले भने, ‘फोरम अहिले सरकारमा छ । तर, उसको प्रस्तुतिले गर्दा जनता निराश छन् । उता, राजपा पनि आन्तरिक विवादमा फसेको छ । दुवै पार्टीले मधेशका जनतालाई निराशा बनाए।” जनता जागरुक भई इमान्दार नेता लाई छानेर आफ्नो भबिष्य आफैले लेख्नु पर्ने जनता द्वारा चुनिएका  प्रतिनिधि हरुले जनता को हितमा काम नगरे सबै एक जुट भएर त्यस्ता नेता विरुद्ध आवाज उठाउनु पर्ने उनको भनाइ थियो ।
भेलाबाट कृष्ण चौधरी, दसरथ पासवान,कमला प्रसाद यादव,साधु प्रसाद यादव,प्रहलाद यादव,देवेन्द्र दत्त शुक्ला, रामराज चौधरी,सुदीप त्रिपाठी हरुको वडास्तरिय आठ सदस्सीय स्वतन्त्र राजनितिक समूहको इकाइ समिती गठन गरिएको छ ।

Logo