आज फेरि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

आज फेरि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

केन्द्रबिन्दु
465
Shares

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधवार १०० रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ८०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार घटेर १ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Logo