टिपरको ठक्करबाट सडक किनारामा खेलिरहेका बालकको मृत्यु

टिपरको ठक्करबाट सडक किनारामा खेलिरहेका बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

महोत्तरी । टिपरको ठक्करबाट सडक किनारामा खेल्दै गरेका एक बालकको मृत्यु भएको छ । महोत्तरीको सम्सी गाउँपालिका-२ स्थित पर्सादेवाडमा आइतबार बिहान टिपरको ठक्करबाट स्थानीय शेख फलादको ८ वर्षीय छोरा शेक सदानको मृत्यु भएको हो ।

गौशालाबाट सम्सीतर्फ जाँदै गरेको ना. ७ ख ६४२७ नम्बरको टिपरको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय जलेश्वर महोत्तरीका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घर अगाडीको सडक किनारमा खेल्दै गरेको बालकलाई तीव्र गतिमा रहेको टिपरले ठक्कर दिएको थियो। घटनापछि मृतकका आफन्तले सडकमा शव राखी सडक अवरुद्ध गराएका थिए।

अहिले आफन्त र प्रहरीको समझदारीमा बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । ठक्कर दिने टिपर र त्यसका चालकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

Logo