राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले टिस्टुङ पालुङको जंगल मासिएकोमा चिन्ता व्यक्त गरेका छन्।   सांसद बिडारीले राष्ट्रिय सभामा बुधबार बोल्दै बज्रबाराही, चित्लाङ, फाखेल, दामन, पालुङ, टिस्टुङ लगायतको क्षेत्र जलाधार क्षेत्र भएपनि यहाँको रुख विरुवा सबै काटेर सक्न लागिएकोमा चिन्ता व्यक्त गरेका हुन् । "/>

‘टिस्टुङ पालुङको जंगल मासियो, कुलेखानी खतरायुक्त’- सांसद बिडारी

‘टिस्टुङ पालुङको जंगल मासियो, कुलेखानी खतरायुक्त’- सांसद बिडारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले टिस्टुङ पालुङको जंगल मासिएकोमा चिन्ता व्यक्त गरेका छन्।  सांसद बिडारीले राष्ट्रिय सभामा बुधबार बोल्दै बज्रबाराही, चित्लाङ, फाखेल, दामन, पालुङ, टिस्टुङ लगायतको क्षेत्र जलाधार क्षेत्र भएपनि यहाँको रुख विरुवा सबै काटेर सक्न लागिएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

साथै बिडारीले नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल कुलेखानी खतरायुक्त भएको भन्दै त्यसको संरक्षण गर्न राष्ट्रिय सभामा आवाज उठाएका छन् । तालमा माटोहरु भरिँदै गएको र ड्याम समेत खतरायुक्त रहेको भन्दै यसको संरक्षणमा लाग्नको लागि सरकारसँग आग्रह समेत गरेका छन् ।

उनले भूकम्प पछि थिलो थिलो भएको त्यो ड्याम फुट्यो भने सर्लाही र रौटहट लगायतका तराईका जिल्लाहरु सबै बगाउने भन्दै ड्याम जोगाउन तर्फ समयमा नै सचेत बन्न पनि सरकारलाई उनले सुझाएका छन् ।

Logo