प्रतितोला ८ सयले घट्यो सुनको मूल्य

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएकोमा आज घटेर तोलामा १ हजार ८२० रुपैयाँ कायम भएको छ ।

Logo