अमेरिकामा चिनियाँ एप रेडनोट टिकटकको विकल्प बन्न सक्ने

अमेरिकामा चिनियाँ एप रेडनोट टिकटकको विकल्प बन्न सक्ने

केन्द्रबिन्दु
21
Shares

एजेन्सी । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागू भएसँगै चिनियाँ एपको लोकप्रियता बढेको छ ।

अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाएसँगै प्रयोगकर्ताहरु चिनियाँ एप रेडनोट अर्थात् स्याओहोङ्सुतिर बसाई सर्न थालेका छन् । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकप्रति समर्थन जनाइरहेको बेलामा टिकटकका प्रयोगकर्ताहरु चिनियाँ एपतिर बसाई सरेका हुन् ।

पछिल्ला दिनमा रेडनोट अमेरिकी एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ । यो टिकटकको प्रतिस्पर्धी एपका रुपमा मानिएको छ । उक्त एपप्रति विदेशी प्रयोगकर्ताहरूको आगमनले चिनियाँ ब्रान्डहरूलाई विश्वव्यापी पहुँच विस्तार गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।

अमेरिकी सर्वोच्च अदालतले टिकटकलाई लक्षित गरी बनाइएको ‘डाइभेस्ट वा ब्यान’ कानुनलाई सदर गरिसकेकाले १७ करोड अमेरिकी प्रयोगकर्ताहरू भएको यो एप प्रतिबन्ध निश्चित जस्तै मानिएको छ ।

Logo