चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ २ को घोषणा

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ २ को घोषणा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल नेपाली चलचित्र ‘ पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माणको घोषणा भएको छ ।

टीमले आइतवार काठमाडौंमा व्यवसायिक सफलताको खुशीयाली साटासाट सँगै निर्माता सरोज पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माण गर्ने घोषणा गरका हुन् । यो फिल्म आगामी वर्ष प्रदर्शन हुने घोषणा समेत गरिएको छ ।

त्यसो त निर्माता पौडेलले २०८३ मा प्रदर्शन हुने गरि बाल मनोविज्ञानमा आधारित आफ्नो तेस्रो फिल्म फिल्म ‘रोल नम्बर १’ को पनि आइतवार नै घोषणा गरेका छन् ।

एक करोड ३० लाखमा निर्माण भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । यसको सफलतापछि निर्माता पौडेलले यसको सिक्वेल बनाउने भएका हुन् ।

कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्माता पौडेलले यो चलचित्र पूर्ण बहादुरको सारङ्गी मात्र नभएर सिनेमा क्षेत्रलाई नै उठाइदिने माध्यक बनेको बताए । इतिहासमा नै नेपाली चलचित्रलाई यति धेरै माया गरेको पहिलो पटक भएको भन्दै उनले खुसी व्यक्त गरे ।

उनले भने,‘पूर्ण बहादुरको सारङ्गी मात्र नभएर सिनेमा क्षेत्रलाई नै तपाईंहरुले उठाइदिनु भएको छ । सय करोडको रनवेमा छोड्दिनुभएको छ । यो तपाईहरु कै मायाले हो । हामीलाई आएको जानकारी भए अनुसार नेपाली इतिहासमा यत्तिको धेरै माया दिएर यहाँसम्म पुर्याएको पहिलो रेकर्ड नै हो ।’

साथै उनले कोशेढुङ्गाको तयारी गरिरहेको पनि जानकारी दिए ।

Logo