अमेरिकी सेयर बजार नै प्रभावित पार्ने के हाे चिनियाँ एप ‘डिपसिक’ एआई ?

अमेरिकी सेयर बजार नै प्रभावित पार्ने के हाे चिनियाँ एप ‘डिपसिक’ एआई ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी डिपसिकले बनाएको आर्टिफिसियल इन्टिलिजेन्स (एआई) च्याटबट एप्पल स्टोरमा सबैभन्दा धेरै डाउनलोड हुने निःशुल्क एप्लिकेसन बनेको छ ।

अमेरिकामा यो एपको चर्चा यति धेरै छ की यसले अमेरिकी प्रविधि कम्पनीहरूको सेयर बजार नै प्रभावित पारिरहेको छ । चीनमाथिको अमेरिकी सेमिकन्डक्टर प्रतिबन्धका बाबजुद डिपसिकले यी सबै सफलता हासिल गरेको हो । यसले बजारमा तहल्का मच्चाएपछि ५ सय धनाढ्यले १०८ बिलियन अमेरिकी डलर घाटा ब्यहोर्नुपरेको छ। 

पूर्वी चीनको हङझाउ सहरमा रहेको एउटा स्टार्टअपले डिपसिकको विकास गरेको हो। यो स्टार्टअप यसको अनौठो आविष्कारका लागि परिचित छ। एप डाटा रिसर्च फर्म सेन्सर टावरका अनुसार डिपसिक संचालित एआई सहायक मोडेलले जनवरी १० मा रिलिज भएदेखि धेरै लोकप्रियता हासिल गरेको छ।

डिपसिकले च्याटजीपीटी, गुगल जेमिनाई र अन्य जेनरेटिभ एआई मोडेललाई कडा टक्कर दिएको छ।

डिपसिकले तर्क दिन सक्ने नयाँ आरवन मोडेल पनि ल्याएको छ, जसले ओपनएआईको अत्याधुनिक ओ–वनलाई समेत केही परीक्षणमा पछि पारेको दाबी गरिएको छ । यो प्लेटफर्मले तीव्र गतिमा प्रयोगकर्ता तयार पारिरहेको छ । अमेरिकामा मात्र होइन, चीनमा पनि यो एप डाउनलोडका हिसाबले शीर्ष स्थानमा छ ।

Logo