सभामुख घिमिरेको सभाकक्षमै पुगी सांसद पद फुकुवाको माग गर्दै रवि लामिछानेले दिए निवेदन

सभामुख घिमिरेको सभाकक्षमै पुगी सांसद पद फुकुवाको माग गर्दै रवि लामिछानेले दिए निवेदन

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । सांसद पद फुकुवाको माग गर्दै शुक्रवार सिंहदरबारस्थित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सभा कक्षमै उपस्थित भई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवेदन दिएका छन् ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएपछि कास्की जिल्ला प्रहरीले संघीय संसद सचिवालयमा जानकारी पत्र पठाएको थियो । उक्त पत्रलाई आधार बनाएर संसद् सचिवालयले लामिछानेलाई गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो।

संसदीय दलका नेता रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन नगर्न रास्वपाका सांसदहरूलेसभामुख देवराज घिमिरेको ध्यानाकर्षण समेत गराएका थिए।

Logo