काठमाडौँ
संघीय संसद्को सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार बोलाएको छ । शुक्रबार बसेको समिति बैठकले जबरामाथि परेको उजुरीको विषयमा छलफल गर्न आइतबार उनलाई बोलाएको हो ।
संवैधानिक परिषद्ले नाम सिफारिस गरेपछि सुनुवाइ समितिले जबराविरुद्ध उजुरी माग गरेको थियो । सुनुवाइ समितिमा उनीविरुद्ध नौ वटा उजुरी परेको छ । समितिले शुक्रबारको बैठकमा उजुरीकर्तासँग छलफल गरेको थियो ।
समितिमा परेका व्यक्तिगत ८ र एक सैद्धान्तिक उजुरीसहित सांसदसँग सवाल–जवाफ गरिने भएको छ । सुनुवाइमा सांसदहरूले सोधेका प्रश्नको जबराले जवाफ दिनुपर्ने हुन्छ । सुनुवाइमा चित्तबुझ्दो जवाफ आए उनी प्रधानन्यायाधीशका लागि स्वीकृत हुनेछन् ।
प्रस्तावित प्रधानन्यायाधीश जबराले उच्च अदालतदेखि सर्वोच्चसम्म आइपुग्दा सम्पादन गरेका कार्य विवादास्पद भएकाले उनलाई संसदीय सुनुवाइबाट अस्वीकृत गरेर मात्र नपुग्ने भएकाले महाअभियोग समेत लगाउनुपर्ने दाबी उजुरीमा गरिएको छ । राणामाथि परेका उजुरी खोलिएको र शुक्रबार उजुरीकर्तासँग समितिले छलफल गरेपछि सुनुवाइको मिति तोकेको हो ।
राजधानीबाट





























प्रतिक्रिया