आँधीका कारण इन्डोनेसियामा २० हजार मानिस विस्थापित

आँधीका कारण इन्डोनेसियामा २० हजार मानिस विस्थापित

केन्द्रबिन्दु
0
Shares

जाकार्ता । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछिको सुनामीबाट झण्डै २० हजार विस्थापित भएका छन् । ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण धेरै जना विस्थापित भएका हुन् ।

फेरी पनि ज्वालामुखी आउने डरका कारण पनि कतिपय विस्थापित आफ्नो घरमा नफर्किएको अधिकारीहरुले बताएका छन् ।

इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीका कारण विस्थापित हुनेहरुको कुल सङ्ख्या २१ हजार नौ सय २१ रहेको छ ।

प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले दिन प्रतिदिन विस्थापित हुनेहरुको सङ्ख्या बढ्दै गएको बताए ।

घटनामा परी अहिलेसम्म चार सयभन्दा बढीको मृत्यु भएको छ भने १४ सयभन्दा बढी घाइते भएका छन् । रासस/सिन्ह्वा

Logo