काठमाडौं । यही पुष २७ गतेबाट देशब्यापी रुपमा प्रदर्शनमा आउने चलचित्र ‘चौका दाउ’ को फस्ट लुक्स सार्वजनिक गरिएको छ । फस्ट लुकमा तीन पोष्टर सार्वजनिक भएको छ । एक साता अघि रिलिज गरिएको ट्रेलरले राम्रो चर्चा पाएसँगै निर्माण पक्षले आईतबार पोष्टर रिलिज गरेको हो ।
मनोज राजभण्डारी र सौर्यजीत बास्कोटाले निर्माण गरेको चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । यो चालचित्रको पोष्टरमा मुख्य कलाकारहरुलाई उनीहरुको चरित्रमा उतारिएको छ ।
३० बाई ४० को दुई मध्ये एउटा पोष्टरमा सिनेमाका चार जुवाडे रबीन्द्र झा, विल्सन बिक्रम राई, तैयब शाह र सन्तोष पन्त जुवा हारेपछि नाँगै गाडीमा घर फर्किएको देखाईएको छ । जसमा कलाकार सोनिका केसीलाई मदिराको सुराहीसहित प्रस्तुत गरिएको छ ।
३० बाई ४० को अर्को पोष्टरमा रबिन्द्र झालाई मधेसी, सन्तोष पन्तलाई शिख, तैयव शाहलाई मुस्लिम र विल्सन बिक्रम राईलाई हिमाली भेषमा उतारिएको छ । यही पोष्टरमा यी चारजना अभिनेत्री वर्षा राउतसँग केन्द्रित भएको वर्षाको तस्बिरले जनाउँछ ।
साथै अभिनेता अजश्र ढुँगाना, निर्मल शर्मा, योगी विकाशानन्द, शिवशँकर रिजाल (जोगिन्दर पानवाला) लाई पनि समेटिएको छ । अर्को सिक्स सिटरको पोष्टरमा पनि यी सबै कलाकारलाई समेटिएको छ । चौका दाउ हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ ।
अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको यो चलचित्रको छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण ब्यबस्थापकमा सुवास काफ्ले रहेका छन् ।
सौर्य प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्मलाई काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्दैछ । चौका दाउमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारीलगायतको अभिनय छ ।





























प्रतिक्रिया